वर्षको अन्तिम दिन सामान्य घट्यो शेयर बजार , ८ अर्ब ६६ करोडकाे कारोबार

काठमाडौं । आज वर्षको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० को विन्दुमा बन्द भएको छ ।

आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड माथिको कारोबार भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावर कम्पनी, सूर्यकुण्ड, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *