स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका ४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका १ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो।

भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *