श्रममन्त्री दीपककुमार साह पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।

पार्टीको सिफारिस अनुसार प्रधानमन्त्रीले श्रममन्त्रीलाई पदमुक्त गरेका हुन्।

पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए।

मन्त्री शाह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।

त्यसको रहस्य बुझेपछि प्रधानमन्त्री शाह मन्त्री साहसँग असन्तुष्ट बनेका थिए । साह महोत्तरी–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रधानमन्त्री शाहले श्रममन्त्री हटाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको समेत एकैपटक सपथ गराउने वा के गर्ने भन्ने आन्तरिक छलफलमै रहेको बालुवाटार स्रोतले जानएको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *