नेपाल निर्माण व्यवसायी महासंघको नवनिर्वाचित कार्य समिति र मन्त्री लम्सालबीच घनिभूत छलफल

काठमाडौं । सुनिल लम्साल ले निर्माण क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघ का नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीसँग आइतबार भएको छलफलमा उनले निर्माण उद्योगलाई सूचना प्रविधिमा आधारित बनाउँदै ‘भ्रष्टाचार शून्य’ बनाउने लक्ष्य रहेको बताए।

पश्चिम एसियाको द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्य बढेको उल्लेख गर्दै मन्त्री लम्सालले दुई साताभित्रै निर्देशिका जारी गरी मूल्यवृद्धिको समस्या सम्बोधन गरिने बताए।

एक वर्ष अवधिका ठेक्कामा समेत मूल्य समायोजनको व्यवस्था गरिने उनको भनाइ छ।

उनले निर्माण क्षेत्रमा भुक्तानी समस्या अन्त्य गर्न रकमान्तरको निर्णय गरिएको र मोबिलाइजेसन पेश्कीको प्रयोग अनुगमनका लागि विशेष प्रणाली लागू गरिएको जानकारी दिए।

भुक्तानी र भेरिएसन अर्डरमा ढिलाइ नगर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाइने उनले बताए।

सार्वजनिक खरिद ऐन संशोधन प्रक्रिया अघि बढेको र त्यसमा महासंघको सहभागिता रहने पनि उनले जनाए।

रुग्ण ठेक्का व्यवस्थापनका लागि वर्गीकरण र लचकता अपनाइने भन्दै मन्त्री लम्सालले अनावश्यक हस्तक्षेप गर्ने पक्षलाई कारबाही गरिने चेतावनी दिए।

छलफलमा अध्यक्ष पाण्डेले निर्माण क्षेत्रका समस्यामा सरकारको ध्यानाकर्षण गराएका थिए।

मन्त्री लम्सालले समस्या समाधानमा सरकार र व्यवसायी दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *