काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् ।
लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे बमोजिम आदेश जारी गरेको हो ।
योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ ।
Artha Sanjal






