शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना साउनदेखि फागुन मसान्तसम्ममा शोधनान्तर स्थित ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमात्र थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा पुगेको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष यसै अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ४ अर्ब ६१ करोड बचतमा छ । यस अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । अघिल्लो आव १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ८८ करोडले बचतमा छ ।

यस अवधिमा खुद पूँजीगत ट्रान्स्फर १२ अर्ब ५९ करोड छ । अघिल्लो वर्ष यस्तो ट्रान्स्फर ६ अर्ब ४१ करोड थियो । प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ८४ करोड रुपैयाँ बराबर भित्रिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *