टोकियो। ब्रेन्ट क्रुड र वेस्ट टेक्सस इन्टरमिडिएट को मूल्य घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेपछि बजारमा यस्तो गिरावट आएको हो।
बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०० डलरमा झर्दा डब्लुटिआई ९८.७१ डलरमा पुगेको छ। विश्लेषकहरूका अनुसार युद्ध अन्त्यको सम्भावनाले लगानीकर्तामा उत्साह बढ्दा तेल बिक्रीको चाप बढेको हो।
यद्यपि स्ट्रेट अफ होर्मुज मा सुरक्षा जोखिम र क्षेत्रीय तनाव कायम रहेकाले तेल बजारमा अस्थिरता रहने अनुमान गरिएको छ।
Artha Sanjal






