झुटो अनुभव देखाएर ९ वर्षसम्म सरकारी सुविधा लिने कम्पनीका सचिव पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोख्रेलले झुट्टा तथा नक्कली कार्य अनुभवको प्रमाणपत्र पेस गरी सरकारी सेवाको ओहोदा प्राप्त गरेको र करोडौँ बराबरको सुविधा लिएको पुष्टि भएपछि आयोगले चैत १७ गते आरोपपत्र दायर गरेको हो।

पोख्रेलले झन्डै ९ वर्षको अवधिमा तलब, भत्ता र अन्य सुविधामार्फत कुल १ करोड ७ लाख १ हजार ५ सय ८४ रुपैयाँ बराबरको लाभ लिएको अख्तियारले जनाएको छ।

सार्वजनिक निकायको जिम्मेवार पद पाउन नक्कली कागजात पेस गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले उनलाई कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *