ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा एनआईएमबीकी एक कर्मचारी पक्राउ

उदयपुर । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, गाईघाट शाखाकी कर्मचारी सुनिता बानियाँ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बैंकको उजुरीका आधारमा त्रियुगा नगरपालिका वडा नं ५ की बानियाँलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ ।

बैंकको आन्तरिक छानबिनका क्रममा बानियाँले रकम हिनामिना भएको पुष्टि भएपछि प्रहरीमा जाहेरी परेको थियो ।

अहिले बानीयाँ प्रहरी हिरासतमा छिन् । उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *