ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको छ ।

अहिले यो मागमाथि जिल्ला अदालतमा बहस भइरहेको छ ।

ओली र लेखक पक्षका वकिलहरूले थुनामा राख्न आवश्यक नभएको भन्दै जवाफी बहस गरिरहेका छन् ।

गौरीबहादुर कार्कीको नेतृत्वकाे जेन–जी जाँचबुझ आयोगेको सिफारिस अनुसार ओली र लेखक शनिबार पक्राउ गरिएका थिए ।

भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनमा हेलच्क्र्याइ गरेर किशोर किशोरी मारिएको भन्दै ३ देखि १० वर्षसम्म जेल सजाय हुने गरी आयोगले फौजदारी अभियोगमा कारवाही सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा वालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद्काे पहिलो निर्णयबाटै ओली र लेखकलाई पक्राउ गरेको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *