शेयर बजारमा २४ अंकको गिरावट, १५ अर्ब ९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को विन्दुमा बन्द भएको छ ।

आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४७ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सोलु हाइड्रोपावर, भुजुङ र होटल फरेष्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *