गोकर्णेश्वर–५ मा तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा तीन दिने विशेषज्ञ न्यूरोथेरापी शिविर सम्पन्न भएको छ ।

नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर को व्यवस्थापन तथा वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा ५ सय ५० भन्दा बढी सेवाग्राहीले करिब ९ सय पटक सेवा लिएको सेन्टरका अध्यक्ष खेमराज नेपाल ले जानकारी दिए ।

शिविरमा डा. लाजपतराय मेहरा न्युरोथेरापी एकेडेमी इन्डिया का वरिष्ठ न्युरोथेरापिस्ट कमलेश चौहान को नेतृत्वमा १५ जना विशेषज्ञ डाक्टर तथा थेरापिस्टले सेवा दिएका थिए ।

शिविर प्रभावकारी र विश्वस्तरीय रहेको उल्लेख गर्दै नारायण सुवेदी ले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविर नगरपालिका स्तरमै आयोजना गरिने बताए ।

नेपाल न्यूरोथेरापी ट्रेनिङ इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर ले हाल जाउलाखेल र चावहिलमा न्यूरोथेरापी सेवा सञ्चालन गर्दै आएको जनाएको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *