काठमाडौं । नेप्सेमा ६ कम्पनकिो बोनश शेयर सूचिकृत भएको छ ।
माउन्टेन इनर्जी नेपाल,कालिञ्चोक दर्शन,नेशनल लाइफ,साना किसान विकास लघुवित्त,नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको बोनस सेयर आज सूचीकृत भएको हो ।
माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनश वापत ५२ लाख ५ हजार ४३१.४२ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनश वापत ३ लाख कित्ता, नेशनल लाइफको ४ प्रतिशत बोनश वापत २१ लाख ८९ हजार ९५.८९ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
त्यस्तै, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता बोनश शेयर, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनश वापत ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता र सिद्धार्थ बैंकको ५ प्रतिशत बोनश वापत ७० लाख ४४ हजार ९९० कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।






