शेयर बजारमा भारी अंकको वृद्धि, २१ अर्ब २२ करोडकाे कारोबार

काठमाडौं । आज शेयर भारी अंकले बढेको छ । नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ को विन्दुमा बन्द भएको छ ।

आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *