मोटरसाइकल चालकमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–६ नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन् ।

सडकमा दुईवटा मोटरसाइल हिंडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा वादविवाद भएको थियो ।

सो क्रममा उनले मोटरसाइकल चालकहरूलाई हातपात समेत गरेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *