नेपाल वैश्विक कर पारदर्शिता मञ्चको सदस्य बन्यो

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय कर पारदर्शितासम्बन्धी वैश्विक मञ्चको सदस्य बनेको छ। यससँगै नेपाल उक्त मञ्चको १७३औँ सदस्य राष्ट्र बनेको हो।

यस सदस्यतासँगै नेपालले करसम्बन्धी सूचना आदानप्रदान, कर छली नियन्त्रण र पारदर्शिता अभिवृद्धिमा अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयन गर्नेछ।

विदेशी वित्तीय संस्थामा रहेका सम्पत्तिबारे सूचना आदानप्रदान गर्न सहज हुने बताइएको छ।

सरकारले यसलाई कर प्रशासन सुधार, राजस्व संकलन सुदृढीकरण र अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।

साथै यसले वैदेशिक लगानी आकर्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *