रास्वपाको अभिमुखीकरणमा आज रविले सम्बोधन गर्ने, बालेन्द्र नजाने!

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह  सहभागी भएनन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछाने आजको कार्यक्रममा सहभागी हुने बताए

उपसभापति अर्यालले पनि शुभकामना मन्तव्य राख्ने क्रममा सम्भव भएसम्म दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुने बताएका थिए । तर रास्वपाले कार्यक्रमको सेड्युलमा बुधबार सभापति लामिछाने सहभागी हुने उल्लेख गरेपनि शाहबारे केहि खुलाएको छैन । शाह निकट स्रोतका अनुसार उनी व्यस्तताका कारण सहभागी हुने सम्भावना न्यून छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *