जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *