नेप्सेमा दोहोरो अंकको वृद्धि, १२ अर्ब ३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को विन्दुमा बन्द भएको छ ।

आज ३४० कम्पनीको शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ । आज १३२ कम्पनकिो शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४८ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *