नेप्सेमा सोलु हाइड्रोको १० करोड कित्ता सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको १० करोड कित्ता सेयर सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८ करोड कित्ता गरी १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसँगको ओपनिङ रेञ्ज दिएको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार बजारमा कारोबार हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *