सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आजको बजारमा चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । मंगलबार चाँदी तोलाको ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *