काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट कलंगा हाइड्रो र सानीगाड हाइड्रो कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन्।
कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएका हुन्।
अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन्।
आईपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।
Artha Sanjal






