धितोपत्र बोर्डबाट दुई हाइड्रोपावर कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट कलंगा हाइड्रो र सानीगाड हाइड्रो कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन्।

कलंगा हाइड्रोले ४९ करोड रुपैयाँ र सानीगाडले ८५ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएका हुन्।

अब कलंगा हाइड्रोले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता र सानीगाड हाइड्रोले ८५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन्।

आईपीओ बिक्री प्रबन्धकमा कलंगा हाइड्रोको सानिमा क्यापिटल र सानीगाड हाइड्रोको लक्ष्मी सनराइज क्यापिटल रहेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *