नेप्सेमा ३२ अंकको गिरावट, २१ अर्ब ५० करोडको कारोबार

काठमाडौं । आज चुनावपछिको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ को विन्दुमा बन्द भएको छ ।

आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा २१ अर्ब ५० करोडको शेयर कारोबार भएको छ । आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ६९ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडि पावरको ५९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टारका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *