काठमाडौँ।अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले अर्थमन्त्रीकारुपमा पाएको उक्त राहदानी फिर्ता गरेको जानकारी दिएका छन्।
अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले भनेका छन्– ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु।’
Artha Sanjal






