सुनको मूल्यमा भारी गिरावट, एकै दिनमा ११ हजारले घट्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला २७५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ५४० रुपैयाँले कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *