मध्यपूर्व तनावले विश्व बजारमा तेलको मूल्य बढ्यो

काठमाडौं: इरान र अमेरिका-इजरायलबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
सोमबार बिहान एसियाली बजार खुल्नासाथ कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो। अन्तराष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ७९ अमेरिकी डलरदेखि ८० को आसपास पुगेको छ। यो शुक्रबारको तुलनामा झण्डै ८ प्रतिशत बढी हो।
आक्रमणको असरले टोकियो र अष्ट्रेलियाको सेयर बजारमा पनि भारी गिरावट आएको छ। द्वन्द्व बढ्दै जाँदा आगामी दिनमा तेल र पेट्रोलको मूल्य अझै बढ्ने देखिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *