दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *