काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनापछि उद्धारमा खटिएका एक प्रहरी अधिकृतका अनुसार बस नदीमा खस्दा ५ जनाको घटनास्थलमै ज्यान गएको हो। प्रहरीले हालसम्म ६ जनालाई उद्धार गरी उपचारका लागि नजिकको अस्पताल पठाएको छ।
Artha Sanjal






