हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ । यसकोलागिबीचमा कुनै अवरोध बाधा नआएको खण्डमा त्यो सभावना अघी बढ्न सक्ने बताइएको छ।
हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब रहँदै आएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हिमालयन बैंकले अर्को एक वाणिज्य बैंकलाई प्राप्त गर्ने हिसावले आवश्यक तयारी अगाडि बढाएको बुझिएको छ।
हिमालयन बैंकले चाँडै अन्य कुनै बैंकलाई मर्जर गर्दैछ भन्ने कुरा इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि नै चल्दै आएको हो । ‘तर, बैंकले कुन बैंकलाई प्राप्ति गर्न खोजिरहेको हो त सीइओ राणाले बैंकको नाम नै अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
Artha Sanjal






