एकैदिन सुनको मूल्य साढे २० हजारले बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा २०५ रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *