चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गराएका छन्। सहकारी सम्बन्धी मुद्दाका कारण वीरगञ्जमा रहेका उनले समय अभाव भएपछि वारेसमार्फत दर्ता गराएका हुन्।
लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए ।
लामिछाने वीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछाने तेस्रोपटक चितवन–२ बाट उम्मेदवार बनेका छन्।
Artha Sanjal






