काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा कायम मूल्यलाई ब्रेक गर्दै चाँदीको मूल्यले नयाँ उचाई बनाएको हो । ।
Artha Sanjal






