राप्रपाले काठमाडौंका ६ क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, ४ क्षेत्रमा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ।

पार्टी स्रोतका अनुसार काठमाडौं क्षेत्र नं. ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नं. ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, क्षेत्र नं. ५ मा कमल थापा, क्षेत्र नं. ६ मा उद्धवराज भेटवाल, क्षेत्र नं. ८ मा नवीन शाही र क्षेत्र नं. १० मा बलराम थापा उम्मेदवार रहनेछन्।

काठमाडौं क्षेत्र नं. १, २, ७ र ९ मा भने उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको छ। ती क्षेत्रमा उम्मेदवार चयनका विषयमा पार्टीभित्र छलफल जारी रहेको र छिट्टै टुङ्गो लाग्ने स्रोतले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *