काठमाडौं । काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएका हुन्।
पाण्डेका अनुसार उनी काठमाडौंबाटै चुनाव लड्ने तयारीमा छन्। उनले मेयर बालेन्द्र शाह जुन पार्टीमा छन्, सोही पार्टीबाट चुनाव लड्ने बताएका छन्। काठमाडौंकै कुनै क्षेत्रबाट उम्मेदवारी दिने तयारी भए पनि क्षेत्र भने तय भइनसकेको उनले जानकारी दिए।
Artha Sanjal






