पेट्रोलियम मूल्य समायोजन, पेट्रोल ३ र डिजेल/मट्टीतेल १ रुपैयाँ घट्यो

काठमाडौं। सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। आयल निगमले माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमका अनुसार प्रतिलिटर पेट्रोल ३ र डिजेलर÷मट्टीतेल प्रतिलिटर १ रुपैयाँले घटेको छ।

भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो।

नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टीतेल १३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ पुगेको छ भने तराईका विभिन्न डिपो क्षेत्र (पहिलो वर्ग) मा पेट्रोल १५३.५० र डिजेल १३३.५० रुपैयाँमा उपलब्ध हुनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *