अमेरिकी डलर स्थिर, पाउन्ड र युरोको मूल्य सामान्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ र बिक्रीदर ११२ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४५ पैसा र बिक्रीदर २२ रुपैयाँ ५४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०७ पैसा रहेको छ।

यस्तै भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 144.18 144.78
EUR  (European Euro) 1 167.74 168.44
GBP  (UK Pound Sterling) 1 193.53 194.33
CHF  (Swiss Franc) 1 180.07 180.82
AUD  (Australian Dollar) 1 96.57 96.97
CAD  (Canadian Dollar) 1 103.74 104.17
SGD  (Singapore Dollar) 1 112.00 112.47
JPY  (Japanese Yen) 10 9.10 9.13
CNY  (Chinese Yuan) 1 20.69 20.78
SAR  (Saudi Arabian Riyal) 1 38.44 38.60
QAR  (Qatari Riyal) 1 39.45 39.61
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 39.25 39.42
MYR  (Malaysian Ringgit) 1 35.56 35.71
KRW  (South Korean Won) 100 9.82 9.86
SEK  (Swedish Kroner) 1 15.68 15.75
DKK  (Danish Kroner) 1 22.45 22.54
HKD  (Hong Kong Dollar) 1 18.49 18.56
KWD  (Kuwaity Dinar) 1 471.48 473.45
BHD  (Bahrain Dinar) 1 382.43 384.02
OMR  (Omani Rial) 1 374.51 376.07
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *