गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौं। गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।

आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए ।

उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र निर्माणको लागि सभापति ज्यूको अध्यक्षतामा घोषणा समिति निर्माण गरेको छौं ।’ त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति पनि गठन गरिएको जानकारी दिए ।

उनका अनुसार आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जाँदैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *