प्रभु बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं। प्रभु बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । आज बिहान ११ बजे बोलाईएको प्रभु बैंकको २४औं वार्षिक साधारणसभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भएको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

बैंकको २४औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केटको गत आव २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।

प्रभु बैंकले देशभर ६८ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २६९ वटा एटीएम तथा ३१२ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको आफ्नो बैंकिङ्ग सञ्जालको माध्यमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *