नेप्सेमा झिनो वृद्धि, ६ अर्ब २० करोड कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा बन्द भएको छ ।

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २२ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ८.२३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चर २०८८ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *