राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो ।

उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ । ५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा यसरी उनले म्यासेज गरेको प्रहरीले बताएको छ । यसरी म्यासेज गर्न उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । तीनै मध्येका दुई वटा कम्पनी प्रयोग गरी एक करोड खर्चेर म्यासेज पठाएको दाबी सेढाईंको छ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *