कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १३ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *