नेपाल एसबिआई बैंकको सिन्धुली शाखाबाट ३ करोड लुटपाट, टाटा सुमोसहित चालक पक्राउ

काठमाडौं। प्रहरीले सिन्धुलीस्थित नेपाल एसबिआई बैंक शाखाबाट मंगलबार बेलुकी ३ करोड बढी लुटपाट गरेर भाग्दै गरेको टाटा सुमो र चालकलाई पक्राउ गरेको छ।

सिन्धुलीको घ्याङलेखस्थित नेपाल एसबिआई बैंक शाखाबाट लुटेराले मंगलबार साँझ ३ करोड १० लाख रुपैयाँ बढी रकम लुटपाट गरेका थिए।

नेपाल प्रहरीका अनुसार लुटेराको टोली साँझ ७ बजे बैंक शाखा पुगेको थियो। घटनालगत्तै प्रहरीले खोजतलास गरेपछि १ करोड रुपैयाँ बढी रकम फेला पारेको बताइएको छ। सिन्धुली प्रहरीले घटनामा संलग्नको खोजी तीव्र पारिएको बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *