सन् २०२५ मा चीनको वैदेशिक व्यापार ३.८ प्रतिशतले बढ्यो

बेइजिङ । चीनको वैदेशिक व्यापार २०२५ मा ४५.४७ ट्रिलियन युआन पुगेको छ । जसमा निर्यातले ६.१ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

सन् २०२५ मा चीनको वैदेशिक व्यापारमा ३.८ प्रतिशतको वृद्धि भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनकाअनुसार चीनको कुल वैदेशिक व्यापार ४५.४७ ट्रिलियन युआन (करिव ६.४८ ट्रिलियन अमेरिकी डलर) पुगेको छ ।

यस अवधिमा निर्यात ६.१ प्रतिशतले बढेर २६.९९ ट्रिलियन युआन पुगेको छ भने आयातमा ०.५ प्रतिशतको झिनो वृद्धि भई १८.४८ ट्रिलियन युआन कायम भएको छ । यो वृद्धिले विश्वव्यापी आर्थिक चुनौतीका बाबजुद चीनको निर्यात क्षमता सबल रहेको संकेत गर्दछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *