काठमाडौँ । नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने उद्देश्यसहित संस्थापन र विशेष महाधिवेशन पक्षबीच संवाद जारी रहेको नेताहरूले बताएका छन्।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता एनपी साउँदले दुई धारबीच निरन्तर छलफल भइरहेको र पार्टी विभाजनबाट जोगाउने प्रयास भइरहेको बताए।
उनका अनुसार वार्ता टुंगोमा नपुग्दासम्म केन्द्रीय समिति बैठक स्थगित रहनेछ। केही विषयमा सहमति नजिकिए पनि बाँकी मुद्दामा छलफल अझै जारी रहेको उनले स्पष्ट पारे।
विधानको मर्यादाभित्र रहेर सहमति खोज्नुपर्नेमा जोड दिँदै साउँदले कांग्रेसको प्रजातान्त्रिक परम्पराअनुसार अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे।
Artha Sanjal






