राष्ट्रिय वाणिज्य बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष देव कुमार ढकालको अध्यक्षतामा मंगलबार दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

सभाले लेखा परीक्षण प्रतिवेदन सहितको २०८२ आसाढ मसान्तको वित्तीय स्थितिको विवरण, आव २०८१/२०८२ को नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सेयरधनी कोष परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

साथै सभाले चालु आव २०८२/८३ का लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *