काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा केन्द्रीय समिति भंग गर्नेसहितको कार्यविधि बनेपछि तरंग पैदा भएको छ । सभापति देउवालाई भेटेर नेता डा.शेखर कोइरालाले पार्टी फुट्नबाट जोगाउन आग्रह गरेका छन् । आफू पक्षका पदाधिकारी र सदस्यसँगको छलफल सकेर कोइराला पार्टी फुटबाट जोगाउन आग्रह गर्न देउवाकोमा पुगेका थिए ।
तर, देउवाले उनलाई महामन्त्रीहरूले पार्टी फुट्ने मुद्दा छोडेर जान तयार हुने/नहुने सुनिश्चित गर्न आग्रह गरेका छन् । देउवापक्षका नेताहरूबीच छलफल जारी रहेकै समयमा पुगेका शेखरले पार्टी फुटको डिलमा पुगेको भन्दै जोगाउने भूमिका लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।
उनले देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर अघि बढ्न आग्रह गरेका हुन् । जवाफमा देउवाले पार्टी नफुटाउने सुनिश्चितता गर्न नेता कोइरालालाई आग्रह गरेका छन् ।






