वैदेशिक रोजगारीमा रहेकाले सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज पुस २५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो। जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ (साविक घनपोखरा गाविसको वडा नं. १, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ।

त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविसको वडा नं. २, ३, ४ र ९, साविक ताघ्रिङ गाविसको वडा नं. १ देखि ९, साविक घेर्मु गाविसको वडा नं. १ देखि ९, सावकि बाहुनडाँडा गाविसको वडा नं. १ देखि ९, साविक भुलभुले गाविसको वडा नं. १ देखि ९ र साविक सिम्पानी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ।

दुवैतर्फको आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यस अवधिमा मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि लम्बिनेछ।

आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारेले धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यायलयबाट आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *