काठमाडौँ सभापति बानियाँद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । सभापति बानियाँले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष महाधिवेशन सहभागी हुन आह्वान गरेका हुन् ।

‘नेपाली कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७(२) अनुसार पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौँमा नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दछु,’उनले भनेका छन् ।

612454853_2214038255791212_6479749915029887211_n

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *