गगन–विश्वले गरे कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुकिङ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका छन्। पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको हाे। नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको जनाएकाे छ।

प्रतिमा गौतमले भनिन्- हल बुकिङ भइसकेको छ, उहाँहरू अहिले सानेपा जाँदै हुनहुन्छ, त्यहाँ पुगेपछि सभापतिलाई आफ्नो तयारीबारे जानकारी गराउनुहुन्छ। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए। विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेका हुन्। तर संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *